महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा वडा नम्बर १२ कालागौडीमा सडक कालोपत्रे गरिएको १३ दिन नपुग्दै कालो पत्रे उप्किनन थालेको छ । स्थानीयहरुले सडक कालोपत्रे भइरहेको बेला पटक पटक गुणस्तरमा ठेकेदारलाई प्रश्न प्रश्न उठाएकोमा कसैले पनि चासो नदेखाएको स्थानीय केशव बहादुर साउँदले बताउनु भएको छ ।
उक्त सडक सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा बनेको हो। ४२ लाखको योजना रहेकोमा प्रकाश नेगीले सडक निर्माणको ठेक्का २५ लाखमा सम्झौता गरेको थियो । नेगी र नगरपालिकाका सवइन्जिनियरले ठेक्का लिएर गरेको काम गुणस्तरीय नभएको स्थानीयको आरोप छ। तर पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक नेगीले पारिवारिक सम्बन्धका कारण ठेक्का उपलब्ध नगराइएको दाबी गरेका छन्।
.gif)