शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

गर्मी समयमा स्वास्थ्यको सुरक्षा कसरि गर्ने


मंगलबार, साउन ३ २०७९
  • 516
    Shares

  • images
    images
    गर्मी समयमा स्वास्थ्यको सुरक्षा कसरि गर्ने

    महेन्द्रनगर । गर्मी अनि वर्षायाममा स्वास्थ्य प्रति सचेत भइएन भने विभिन्न किसिमका स्वास्थ्य समस्या आउन सक्छन । गर्मी मौसममा बढी पसिना आउँछ,जसकारण शरीरमा पानीको कमी हुन थाल्छ अर्थात् डिहाइड्रेसनको समस्या हुन्छ । यसबाट पित्त पनि बढ्छ । यसका लागि पित्तको सन्तुलन कायम राख्न राति सुत्नुपूर्व चिसो दूध पिउन सकिन्छ । दूधले छालालाई पोषण प्रदान गर्छ भने त्यसको नरमपन पनि कायम राख्छ । बदाम र गुलाबजल हालेर दूध पिउँदा शीतलता प्राप्त हुन्छ ।

    फलफूलको जुस, कागतीको रस, पुदिनाको सर्बत, लस्सीका साथै दैनिक १० देखि १२ गिलास सम्म पानि पिउनु आश्यक हुन्छ । गसर्मी मौसममा धेरै नुनिलो खानेकुरा खानु उपयुक्त हुँदैन । त्यसैगरि गर्मीमा शीतलता कायम राख्नको लागि पुदिना वा हरियो धनियाँ पिसेर हातखुट्टामा लगाउँदा जलन कम हुन्छ ।

    मेहन्दी प्रयोग गर्नाले समेत जलन हटेर शीतलता प्राप्त हुन्छ । यसको साथै काँचो प्याज खाँदा पनि गर्मीबाट राहत मिल्खछ । गर्मि मौसममा पसिना अत्याधिक आउने हुँदा यस्को दुर्गन्ध बाट जोगिनको लागि आफ्नो सरसफाईमा ध्यान दिनुका साथै मसालेदार, अमिलो, पिरो तथा चिल्लो भोजनबाट टाढै रहनुपर्छ । साथै सुगन्धित पाउडर वा डिओ प्रयोग गर्न सकिन्छ .। 










  • सम्बन्धित विषय:

  • # जनस्वास्थ्य


  • प्रतिक्रिया दिनुहोस