महेन्द्रनगर । मंगलबार राती परेको भारी बर्षाका कारण आएको बाढीले बाजुरामा ४ वटा घर बगाएको छ । बुढीगंगा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका २ भौनेरामा घर बगाउँदा चार परिवार नै विस्थापित हुनुका साथै २३ जना परिवारको उद्धार समेत गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीको टोली घटनास्थलमा उद्धार र विस्थापित परिवारलाई सुरक्षित ठाउँमा सार्न खटिएको जनाइएकाके छ ।
.gif)