शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोटीमा प्रहरी हवल्दारको हेलिकप्टरमार्फत उद्धार


पश्चिम प्रेस
शुक्रबार, साउन ६ २०७९
  • 503
    Shares

  • images
    images
    डोटीमा  प्रहरी हवल्दारको हेलिकप्टरमार्फत उद्धार

    डोटी । प्रहरीचौकी डौड डोटीमा कार्यरत प्रहरी हवल्दार गगनसिंह धामीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज दिउँसो सायल गाउँपालिका–२ सिर्मा बस्तीस्थित पहिरो जोखिममा रहेकाहरुको अवस्था बुझ्न जाने क्रममा एकाएक बिरामी परी बेहोस भएपछि उहाँलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । बेहोस भएका धामीलाई हेलिकप्टरमार्फत उद्धार गरी अहिले उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार धामीको अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # डोटी
  • प्रतिक्रिया दिनुहोस