शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सार्वजनिक स्थलमा मास्क अनिवार्य


पश्चिम प्रेस
शुक्रबार, साउन ६ २०७९
  • 613
    Shares

  • images
    images
    सार्वजनिक स्थलमा मास्क अनिवार्य

    काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि सरकारले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरि विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायात तथा सार्वजनिक ठाउँहरुमा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको सूचनामा गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ ।खोप नलगाएकाहरूलाई तत्काल खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । नेपालमा अहिले दुई हजार ५३७ जना सक्रिय संक्रमित छन् ।


  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # सार्वजनिक स्थल
  • # मास्क अनिवार्य
  • प्रतिक्रिया दिनुहोस