सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

परीक्षार्थीले एआई टुल प्रयोग गरेको भेटिए अब त्रिविले परीक्षा नै रद्द गरिदिने


पश्चिम प्रेस
मंगलबार, असोज ८ २०८१
  • 619
    Shares

  • images
    images
    परीक्षार्थीले एआई टुल प्रयोग गरेको भेटिए अब त्रिविले परीक्षा नै रद्द गरिदिने

    काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने भएको छ । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले त्रिविको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय गरेको हो।

    यस्तै वार्षिक परीक्षा प्रणालीअन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले एक पटक मौका परीक्षाको अवसर दिने निर्णय भएको छ।

    समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुको हकमा एक पटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरिएको सूचनामा उल्लेख छ। 


  • सम्बन्धित विषय:

  • # एआई टुल प्रयोग
  • प्रतिक्रिया दिनुहोस