बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

वेदकोटमा शैक्षिक गुणस्तर सुधारका लागी सरोकारवाला सँग छलफल


पश्चिम प्रेस
बिहीबार , वैशाख २५ २०८२
  • 914
    Shares

  • images
    images
    वेदकोटमा शैक्षिक गुणस्तर सुधारका लागी सरोकारवाला सँग छलफल

    महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला निकायहरु सँग छलफल गरिएको छ । वेदकोट नगरपालिकाको नगर विद्यालय व्यवस्थापन समितिले नगरको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला निकायहरु सँग अन्र्तक्रिया कार्यक्रम गरिएको जनाएको छ ।   

    नगर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश नेपालीले बुधबार बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा सहित, उपमेयर तुलसी जोशी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेष सिंह धामी लगायत सरोकारवाला निकायहरु सँग छलफल गरिएको बताए।  

    २२ सामुदायिक विद्यालय रहेका बेदकोट नगरपालिकामा यस वर्ष कक्षा आठको परिक्षामा तीन विद्यालयको नतिजा शुन्य आएको छ । वेदकोटमा घट्दै गएको शिक्षाप्रणालीलाई सुधार गर्नु अहिलेको मुख्य काम रहेको बताउँदै नेपालीले गुणस्तरिय शिक्षाका लागी नगरपालिकाले पहल गर्नुपर्ने बताए । 
    कार्यक्रममा बोल्दै मेयर बोहराले गुणस्तरिय शिक्षाका लागी शिक्षक अभिभावक सबै जिम्मेवार बन्नुपर्ने बताए। शिक्षक आन्दोलनले गर्दा यस वर्ष शैक्षिक गतिविधि समयमै सञ्चालन हुन नसकेको अवस्थामा विद्यालयहरुले संयमता अपनाउनुपर्ने उनले बताए।


    प्रतिक्रिया दिनुहोस