बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

एसईई परीक्षामा चिट चोर्न सहयोग गर्ने ६ जना निरीक्षक पक्राउ


पश्चिम प्रेस
आइतबार, चैत ९ २०८१
  • 830
    Shares

  • images
    images
    एसईई परीक्षामा चिट चोर्न सहयोग गर्ने  ६ जना निरीक्षक पक्राउ

    रौतहट । रौतहटमा एसईई परीक्षामा चिट चोर्न सहयोग गर्ने  ६ जना निरीक्षक पक्राउ परेका छन् । 

    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अहिलेसम्म १ हजार २ सय ३३ थान मोबाइल फोन नियन्त्रणमा लिइएको छ भने ६ जना गाइड पक्राउ परेका छन्।

    आज मात्र प्रहरीले ४४९ मोबाइल नियन्त्रणमा लिएको छ भने थप २ जना गाइड पक्राउ परेका छन्। यसअघि परीक्षाको पहिलो दिन ४२४ वटा मोबाइल जफत गरिएको थियो भने २ जना गाइड पक्राउ परेका थिए।

    प्रहरीका अनुसार परीक्षामा मोबाइल लुकाएर चिट चोर्ने तथा गाइडहरूले परीक्षार्थीलाई उत्तर बोल्ने कार्यमा संलग्न भएकाले निगरानी थप कडा बनाइएको छ। 


    प्रतिक्रिया दिनुहोस