महेन्द्रनगर । सन् २००९ सालमा महेन्द्रनगरमा स्थापना भएको ब्रिष्टन कलेजले आधुनिक एवम् नयाँ तरिकाबाट विद्यार्थीहरूलाई उत्प्रेरित गर्दे आएको छ ।
पोखरा युनिभर्सिटीबाट सम्बन्धन प्राप्त ब्रिष्टन कलेज महेन्द्रनगरले विद्यार्थीहरूको चौतर्फी विकासका लागी छात्र/छात्राहरूलाई विभिन्न अतिरिक्त क्रियाकलापहरूमा पनि सरिक गराउँदै आएको छ । ब्रिष्टन कलेजका शैक्षिक सल्लाहकार निशा भट्टले विद्यार्थीहरूको शैक्षिक वातावरणका लागी उनीहरूमा प्राविधिक ज्ञान हुन पनि एकदमै जरुरी रहेकाले क्षमता विकासका लागी प्रयास गरिएको बताउनुभयो ।
कलेज स्थापना भएको केही वर्षमै विभिन्न चार समूहमार्फत विद्यार्थीहरूलाई फरक फरक जिम्मेवारी पुरा गर्ने अवसर प्रदान गर्दे आएको उहाँले बताउनुभयो । जस अनुसार, इनोभेसन क्लबले विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागी उनीहरूलाई नेतृत्व विकास, नरम सीपहरू मार्फत उनीहरूको सामाजिक क्षमताहरू बढाउन विभिन्न क्रियाकलापहरूमार्फत प्रेरित गर्दे आएको छ ।
यस्तै, दोस्रो क्लबले विद्यार्थीहरूलाई सामाजिक उत्तरदायी बनाउन, सामाजिक क्रियाकलापहरूमा सरिक गराउन महत्वपूर्ण क्रियाकलापहरू गर्दे आएको छ । आजका विद्यार्थीहरूलाई डिजिटल माध्यमसँग जोड्नका लागी कलेजले छुट्टै मिडिया नाईंटी क्लबमार्फत उनीहरूलाई विभिन्न जिम्मेवारी सुम्पिएको छ । मिडिया नाईंटी क्लबले आधुनिक प्रविधिको प्रयोग कसरी गर्ने, कलेजमा गरिने विभिन्न क्रियाकलापहरूको भिडियो, अडियो, फोटो लगायतका क्रियाकलापहरूमा विद्यार्थीहरूलाई सरिक गराउँदै आइएको छ ।
त्यसै गरी, खेलकुद र मनोरञ्जन क्लबले विद्यार्थीहरूलाई बढी जसो खेलकुद प्रतियोगितामा सरिक गराउने लगायतका क्रियाकलापहरू गर्दे आएको छ ।
व्यवस्थापन संकायका कोर्सहरू सञ्चालन गर्दे आएको ब्रिष्टन कलेजले विद्यार्थीहरूमा क्षमता विकासका लागी विभिन्न क्रियाकलाप र जिम्मेवारी प्रदान गरेको छ ।
ब्रिष्टन कलेजले विद्यार्थीहरूलाई समयाअनुकुल पाठ्यक्रम निर्धारण गरी अध्यापन गर्दे आएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूले भविष्यमा फाइनान्स क्षेत्रमा काम गर्नुपर्ने वातावरण सृजना गरी उनीहरूलाई अध्यापन गराइरहेको जनाइएको छ । कलेजबाट पास आउट भएपछि विद्यार्थीहरूले भौँतारिनुपर्ने अवस्था नआओस् भन्नका निम्ति उनीहरूलाई पहिले देखिनै पूर्व तयारी कक्षा र अतिरिक्त क्रियाकलापहरूमा सरिक गराइँदै आएको जनाइएको छ ।
बजारमा कसरी बिकाउने, अर्थतन्त्रलाई कसरी चलायमान बनाउने लगायतका विषमा अध्ययन र अनुसन्धान गरी विद्यार्थीहरूलाई समयानुकूल वातावरणमा बिबिए, बिसिए र एमबिएसका कोर्षहरुसञ्चालनमा रहेका छन् । शैक्षिक सल्लाहकार भट्टका अनुसार, कलेजले सन् २०२४ देखी एमबिए कोर्ष पनि अध्यापन गराउँदै आएको छ । जसकालागी कलेजले पिएचडी, एमफिल गरेका प्राध्यापकहरूबाट अध्यापन गराउँदै आएको छ ।
हाल ब्रिष्टन कलेजमा ४ सय भन्दा बढी छात्र, छात्राहरू अध्ययनरत रहेका छन् । ब्रिष्टन कलेजबाट अध्ययनरत ६० प्रतिशत विद्यार्थीहरू बैङ्किङ क्षेत्रमा कार्यरत रहेका छन् । महेन्द्रनगरका थुप्रै बैङ्कहरूमा ब्रिष्टन कलेजबाट पास आउट भएका विद्यार्थीहरू कार्यरत रहेको शैक्षिक सल्लाहकार भट्टले बताउनुभयो । साथै, थुप्रै विद्यार्थीहरू विदेशमा बसेर पनि बैङ्किङ क्षेत्रमा कार्यरत रहेका छन् ।
.gif)