बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

शैक्षिक गुणस्तर अभिबृद्धि गर्दै ब्रिष्टन कलेज १७ औँ वर्षमा


पश्चिम प्रेस
बुधबार, पुस १० २०८१
  • 2.0K
    Shares

  • images
    images
    शैक्षिक गुणस्तर अभिबृद्धि गर्दै ब्रिष्टन कलेज १७ औँ वर्षमा

    महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित ब्रिक्सटन कलेजको १६ औं बार्षिकोत्सव तथा ८ औं ‘ब्रिक्सटन उत्सव २०२४’ सम्पन्न भएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्रिक्सटन कलेजले बिभिन्न विद्यामा उत्कृष्ट नतिजा हासिल गर्ने छात्र–छात्राहरुलाई पुरुस्कार प्रदान गरेको हो । बिक्सटन कलेज कञ्चनपुरको उत्कृष्ट कलेज मध्ये एक हो । 

    कजेजले उचित शैक्षिक वातावरणका साथै विद्यार्थीहरुको चौतर्फी विकासको लागि समय समयमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । जसमध्ये यस कलेजले मनाउने ‘ब्रिक्सटन उत्सव’ पनि एक हो । 

    पुष ४ गते देखि पुष १० गते सम्म भएको ‘ब्रिक्सटन उत्सव २०२४’ मा विद्यार्थीहरुले विभिन्न प्रतियोगितामा भाग लिई सफलता हात पारेका छन् । 

    प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । आज (बुधबार) सम्पन्न ‘ब्रिक्सटन उत्सव २०२४’ समापन कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो । 

    कार्यक्रममा कलेजको वार्षिक प्रतिवेदन कलेजका प्रिन्सिपल डा. भोजराज पन्तले प्रस्तुत गरे । बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल पन्तले आगामी दिनमा शैक्षिक गुणस्तरमा थप जोड दिने समेत बताए ।

    ‘ब्रिक्सटन उत्सव २०२४’ तथा १६ औं बार्षिकोत्सवको अध्यक्षता ब्रिक्सटन कलेज व्यवस्थापन समितिका अध्यक्ष डा.नेत्रराज चटौतले गरेको कार्यक्रमका प्रमुख अतिथि व्यवसायी खगेश्वर बोहरा रहेका थिए । 

    कार्यक्रममा बोल्दै शैक्षिक सल्लाहकार निशा भट्टले यस कलेजले विद्यार्थीहरुको समग्र विकासमा भुमिका खेल्दै आएको बताईन् । कलेजले विद्यार्थीहरुको उच्च मुल्यांकन गर्दे उनिहरुलाई विभिन्न अतिरिक्त कृयाकलापमा सरिक गराउँदै आएको पनि उनले बताईन् । 

    कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी, भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, व्यवसायीहरु लक्ष्मीदत्त पाण्डेय, तेज बहादुर चन्द, प्याब्सन केन्द्रीय सल्लाहकार डा. हिरा चन्द, प्याब्सन केन्द्रीय उपाध्यक्ष सुरेन्द्रराज ओझा, नेपाल परिवार नियोजन संघ कञ्चनपुरका अध्यक्ष कृष्ण प्रसाद पाठक, उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्द लगायतको सहभागिता रहेको थियो 

    । 

     

     


    प्रतिक्रिया दिनुहोस