महेन्द्रनगर । टाउको दुखाई एक सामान्य समस्या हो । तर, विश्वमा यस्ता धेरै मानिसहरु छन् जसलाई नियमित रुपमा टाउको दुख्ने गर्छ । टाउको दुखाइले दैनिक काममै समस्या ल्याइदिन्छ । कसैलाई अन्य समस्याविना नै टाउको दुख्छ भने कसैलाई मानसिक समस्याले टाउको दुखाउँछ । कुनै टाउकोदुखाइ एक–दुई दिनमै निको हुन्छ भने कुनैलाई वर्षौं उपचार गर्नुपर्ने हुन्छ । कसैलाई सामान्य औषधिले सन्चो गराए पनि फेरि बल्झिन्छ ।
टाउको दुखाइ कुनै ठूलो रोग होइन, सामान्य मानिन्छ। तर, यही सामान्य मानिने टाउको दुखाइले हामीलाई निकै कष्ट दिन्छ। कतिपय अवस्थामा तनावले पनि टाउको दुख्छ । टाउको दुखाई हुनुको एक महत्वपुर्ण कारण तनाव पनि हो । तनावका कारण टाउको दुखेमा सम्पूर्ण टाउको वा टाउकोबाट सुरु भएको पीडा गर्दन वा कुमतिर सर्ने गर्छ । तनावका कारण टाउको दुखेमा आँखाको माथि वा टाउको पछाडिको भागमा निरन्तर घोचेजस्तो महसुस हुने गर्छ । त्यसको लागि पर्याप्त निद्रा, अदुवाको चियाको सेवनले शरीरलाई तनावबाट टछुट्कारा दिलाउँछ ।
टाउको दुखाईका कारण अनेक हुन्छन तसर्थ यसबाट छुट्कारा पाउनको लागि खानपिनमा बिशेष ध्यान दिनुका साथै पानी प्रयाप्त मात्रामा पिने,आराम गर्ने गर्नु पर्दछ । चिसोको कारणले लागेको रुघा खोकीले टाउको दुखेको हो भने चिसोबाट बच्नुपर्छ। यसको लागि न्यानो कपडा,तातो पानीको प्रयोग गर्नुपर्छ। चिसो खानेकुरा नखाने पिनासको कारणले टाउको दुखेको छ भने तातो पानीको बाफ लिने गर्नुपर्छ। थकाई र तनावले टाउको दुखेको बेलामा आराम गर्यो भने टाउको दुख्न कम हुन्छ। निन्द्रा नपुगेर टाउको दुखेको छ भने निन्द्रा पुर्याउन पर्छ।
पानी प्रशस्त मात्रामा पिउनुपर्छ। लगातार टाउको दुखिरहन्छ भने एक ग्लास तातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस् । किनभने धेरैपटक पेटमा ग्याँस बनेका कारण पनि टाउको दुख्ने गर्दछ र कागती पानीले ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ । धनियाँको पात, जीरा र अदुवा राखेर बनाएको चिया पिउनाले पनि लगातार दुखिरहने तपाईंको टाउको कम हुने गर्दछ ।
.gif)