महेन्द्रनगर । अधिकांश व्यक्ति ग्यास्ट्रिकबाट पीडित हुने गरेका छन् । ग्यास्ट्रिकलाई मानिसले सामान्य ढंगले लिन्छन् । तर, यसले स्वास्थ्यमा दीर्घकालीन असर समेत पुर्याउँछ ।अनियमित र मसलेदार खानपान, प्रदूषण आदिका कारण ग्यास्ट्रिक हुनेको संख्या दिनानुदिन बढ्दो छ । सुरुमा यसले केही असर गर्दैन । बिस्तारै बढ्दै गएपछि भने आन्द्रामा अल्सरसमेत गराउँछ । ग्यास्ट्रिक अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा खाना नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै
सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा ग्यास्ट्रिक बढी देखिएको छ।
ग्यास्ट्रिकले रिंगटा लाग्ने, वाकवाक हुने, पेट फुल्ने, भोक नलाग्ने, खान मन नलाग्ने, मुटु वरिपरिको क्षेत्र दुखेको अनुभव हुनेलगायतको लक्षण देखाउँछ । ग्यास्ट्रिकबाट समयमै बच्नको लागि खानपिनमा बिशेष ध्यान दिनु जरुरी हुन्छ । यसको लागी पानी प्रयाप्त मात्रामा पिउने गुर्नु पर्दछ । पानीले पेटमा ग्यास भरिन नदिनुका साथै शरीरमा सन्तुलन कायम गर्छ । दुई–तीनवटा लसुनका पोटी बिहान उठ्नेबित्तिकै खानुपर्छ । जसले ग्यास्ट्रिक समस्यामा फाइदा गर्नुका साथै उच्च रक्तचापको जोखिमसमेत कम गर्ने गर्दछ । ग्यास्ट्रिक हुनेहरू अल्कोहलबाट टाढै रहनुपर्छ । व्यस्तता, मानसिक तनाव, भय, चिन्ता, शोक, अनिद्राले पनि ग्यास्ट्रिक बढाउन सक्छ । तसर्थ यस्तो कुरामा सचेत हुनुपर्छ ।
नियमीत रुपमा व्याम गर्ने खानामा सन्तुलन कायम गरेर खाने प्रयाप्त मात्रामा पानी पिउने अमिलो पिरो तथा मसलेदार खाना बाट टाढा बस्ने , पेटमा धेरै ग्यास भएका वेला कागती पानी पिउने जसले ग्यास हटाउनुका साथै पेट फुल्नसमेत दिँदैन । त्यसैगरी धूम्रपान, मद्यपान का साथै जंंकफुड सकभर खानु हुँदैन । अम्बाको पातलाई पानीमा उमालेर यसलाई दिनहुँ पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जान्छ । तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्दाले पनि ग्यास्ट्रिकको समस्या कम गर्न सकिन्छ ।
.gif)