बंगलादेशमा नदीमा यात्रा गरिरहेको एउटा फेरीमा आगलागि भएर ३२ जनाको मृत्यु भएको छ । बंगलादेशको राजधानी ढाकाबाट करिब २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार आगलागि भएको होे । तिन तला भएको उक्त फेरीमा आगलागीको समयमा ५०० यात्रु सवार थिए । स्थानीय प्रहरी प्रमुख मोइनुस इस्लामका अनुसार आगलागीमा जलेका ३२ जनाको शव फेला परेको र १०० जना घाइते भएका छन् ।घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा मृतकको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । फेरीमा आगो लागेपछि केही यात्रुहरुले नदीमा हाम फालेका थिए । बाङ्लादेशमा यस्ता घटना बारम्बार भइरहने गरेका छन् । मर्मतसम्भारको अभाव, न्यून सुरक्षा र क्षमताभन्दा बढी यात्रुका कारण फेरी दुर्घटनामा परेको विज्ञहरु बताउँछन् ।
.gif)