शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

ठेला व्यवसायबाट मासिक ३० हजारसम्म आम्दानी


आइतबार, साउन ८ २०७९
  • 1.0K
    Shares

  • images
    images
    ठेला व्यवसायबाट मासिक ३० हजारसम्म आम्दानी

    महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका –९ स्थीत लालपुरको व्यस्त बजार त्यसको छेउमै २७ वर्षिया पुष्पा डगौराले सञ्चालन गरेको पानीपुरी चटपटेको ठेला जहाँ पानिपुर,चटपटे र मम खानेको लाईन हुन्छ । 
       करिब ७ वर्षदेखी ठेलामा व्यवसाय गर्दै आएकि डगौराले ठेला व्यवसायबाटै मनग्य आम्दानी गर्न थालेकी छन । डगौराले बनाउने उत्कृष्ट स्वादको मजा लिन हर कोही त्यहाँ पुग्ने गरेका छन । दिनभर ग्राहको सेवामा व्यस्त देखिने उनले थोरै लगानीमा सञ्चालन गरेको व्यवसायले राम्रो आम्दानी दिन थालेको छ । ‘सुरुमा ठेला बनाउन डेढ दुई लाख लगानी लगाएको थिए ।’ उनले भनिन–‘मम,चटपटे र पानीपुरिको सामाग्री किन्न त दुई तीन हजार मात्रै लागेको थियो ।’ कुनै दिन ग्राहकको माग धान्न नसकेर फिर्ता जाने गरेको उनको भनाई छ । ‘कुनै दिन त म ग्राहकलाई पुगाउन सक्दैन धेरै भीड हुन्छ धेरै जसो त फिर्ता जाने गरेका छन ।’ उनले भनिन–‘यो व्यवसायबाट म सन्तुष्ट छु ।’

     ठेला व्यवसायको कमाईबाट अहिले मासिक २० देखि ३० हजार सम्मको कमाई हुने गरेको उनले बताईन ।‘यहिबाट आउने आम्दानीले छोरालाई र्बोडिङ स्कुलमा पढाउदै छु ।’ उनले भनिन–‘त्यो बाहेर अन्य घर खर्च सम्म समेत राम्रोसंग चलिरहेको छ ।’ बिहानै घरको काम धन्दा सकेर ९ बजेदेखी साझ ६÷७ बजेसम्म व्यवसाय गर्ने गरेको उनको भनाई छ । उनले व्यवसाय बाहेर श्रीमानलाई पनि खेतीकिसानीमा सघाउने गरेकि छन । ठेला व्यवसायको आम्दानीबाट सासु,ससुरा लगायत ५ जनाको परिवारको जोहो गर्नुका साथै छोराको पढाई खर्च समेत चmेको उनको भनाई छ ।

     १८ वर्षको उमेरमा बिहे गरेकि उनले घरको आर्थिक अवस्था नाजुक भएपछि ठेलामा व्यवसाय गर्ने सोच बनाई । ‘घरको आर्थिक अवस्था कमजोर थियो त्यसैले थोरै लगानीमा बढी आम्दानी हुने व्यवसाय रोजेकी हु ।’ उनले भनिन–‘ गरेपछि नहुने भन्ने केही हुदैन हिम्मत गर्नुपर्छ ।’ देशमा रोजगारी नपाएर विदेशतर्फ जानेहरुका लागि डगौरा एक उदाहरण समेत बनेकि छन । स्वदेशमै केही गरे यहि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश उनले दिएकी छन । 
     केही वर्ष अगाडीसम्म महेन्द्रनगरमा ठेला व्यवसाय गर्ने अधिकांश भारतीय व्यापारी थिए । तर पछिल्लो समय ठेला व्यवसायमा यहाँका स्थानीयहरु समेत लागेका छन । 


  • सम्बन्धित विषय:

  • # ठेला व्यवसाय


  • प्रतिक्रिया दिनुहोस