नेपाली कांग्रेसका नव निर्वाचित सभापति शेर बहादुर देउवाले आज दिउँसो १ः०० बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसको १४ औँ महाधिवेशनबाट गठन भएको नयाँ कार्यसमितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । बिहान ११ ः०० बजेदेखि नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिने र दिउँसो १ः०० बजे बैठक बस्ने कार्यक्रम रहेको छ । बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नव निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्ने लगायतको कार्यसूची रहेको बताइएको छ । नेपाली कांग्रेसले बैठकका निर्णयहरु आज नै आयोगमा राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिने बताइएको छ ।
.gif)