शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भारतमा १६ हजार ८ सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि


पश्चिम प्रेस
सोमबार, साउन ९ २०७९
  • 536
    Shares

  • images
    images
    भारतमा १६ हजार ८ सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि

    रासस । बितेका २४ घण्टामा देशका विभिन्न भागमा १६ हजार आठ सय ६६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा लगातार तीन दिनसम्म सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा माथि पुगेको थियो । हिजो २० हजार नाघेको समाचार बाहिर आएको थियो भने आज १६ हजार ८ सय ६६ जना सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार पुगेको छ भने एक लाख ५२ हजार दुई सय सक्रिय सङ्क्रमित छन् ।

    सोही अवधिमा १८ हजार एक सय ४८ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख २८ हजार पाँच भन्दा बढी पुगेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार ७४ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८६ करोड ९० लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।


  • सम्बन्धित विषय:

  • # भारत
  • # कोरोना सङ्क्रमण
  • प्रतिक्रिया दिनुहोस