शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भीमसेन थापा राष्ट्रवादी व्यक्तित्वः प्रधानमन्त्री देउवा


पश्चिम प्रेस
सोमबार, साउन ९ २०७९
  • 559
    Shares

  • images
    images
    भीमसेन थापा राष्ट्रवादी व्यक्तित्वः प्रधानमन्त्री देउवा

    रासस । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापा उहाँले जीवनमा गर्नुभएका कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित हुनुभएको बताउनुभएको छ ।

    राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको भीमसेन थापा स्मृति पुरस्कार वितरण समारोहमा उहाँले स्वाभिमानी थापाले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभयो । “थापाले महत्वपूर्ण आर्थिक सुधारको काम गर्नुभएको छ, उहाँले मानापाथी व्यवस्थित गरेर नापतौलको मापन गर्नुभयो, चिट्ठीपत्र ओसारपसारका लागि पनि भीमसेन थापाले काम गर्नुभएको छ” प्रधानमन्त्री देउवाले भन्नुभयो । 

    महत्वपूर्ण कागजात एवं चीजबीजको अभिलेख राख्ने काम पनि भीमसेन थापाकै पालामा सुरु भएको उल्लेख गर्नुहँुदै उहाँले स्वतन्त्र देश नेपालको रक्षाका लागि गरेको योगदानको चर्चा गर्नुभयो ।प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमल्सिनाले थापाको नासोका रुपमा रहेको लगनटोलस्थित सिलखाना पुरानै स्वरुपमा पुनःनिर्मााणको व्यवस्था मिलाइदिन प्रधानमन्त्री देउवासँग माग गर्नुभयो । 

    कार्यक्रममा रु एक लाख राशिको भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो । पुरस्कार ग्रहण गर्नुहुँदै प्रतिष्ठानका अध्यक्ष रोवबहादुर थापाले भक्ति थापाका विषयमा अध्ययन अनुसन्धानका लागि पुरस्कारबाट प्राप्त रकमलाई सदुपयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।कार्यक्रममा प्रा डा त्रिरत्न मानन्धर, प्रतिष्ठानका सदस्य–सचिव लक्ष्मण थापालगायतले नेपालको एकीकरण, इतिहास एवं राजनीतिक क्षेत्रमा भीमसेन थापाले गर्नुभएको महत्वपूर्ण कामका बारेमा व्याख्या गर्नुभएको थियो ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा
  • # भीमसेन थापा
  • प्रतिक्रिया दिनुहोस