बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा नेपाली सेनासितको सहकार्यमा जैविक तटबन्ध निर्माण


पश्चिम प्रेस
मंगलबार, साउन १० २०७९
  • 649
    Shares

  • images
    images
    कञ्चनपुरमा नेपाली सेनासितको सहकार्यमा जैविक तटबन्ध निर्माण

    महेन्द्रनगर ।

    SBS_Kanchanpur-00jpg.jpg

    बेदकोट नगरपालिकाले कञ्चनपुरमा नेपाली सेनासितको सहकार्यमा आज नगरपालिका– चतहरीमा जैविक तटबन्ध निर्माण सुरु गरेको छ । नेपाली सेनाको श्री नं २५ वाहिनी र श्रीदल गुल्म भगतपुर ब्यारेकको सैनिक टोलीसँगै नगरपालिका र स्थानीयवासीले संयुक्त रुपमा नदी कटान नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण थालेका हुन् । बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले नगरपालिका, सेना र स्थानीयको सहयोगमा करिब ५० मिटर जैविक तटबन्ध निर्माण गरिएको बताउनुभयो । “चौधर नदीको कटान तत्काल रोक्नका लागि बाँस र बोरा लगायतका सामग्री नगरपालिकाबाट प्रबन्ध मिलायौँ”, उहाँले भन्नुभयो, “सेना र स्थानीयसितको सहकार्यमा जैविक तटबन्ध निर्माण भयो ।”

    उहाँले नदीले चतहरीको दलित बस्तीतर्फ एक सय मिटरभन्दा बढी कटान गरेको जानकारी दिनुभयो । “नदी कटानका कारण बस्तीसमेत जोखिममा रहेकाले जोखिम टार्न जैविक तटबन्ध लगाउन थालेका हौँ”, नगरप्रमुख बोहराले भन्नुभयो, “कटान नियन्त्रणको दीर्घकालीन समाधानका लागि पनि पहल गर्नेछौँ ।” कटानका कारण अहिले नै केही घर जोखिममा रहेको बोहराको भनाइ थियो । नेपाली सेनाको श्रीदल गुल्मले बेदकोट नगरपालिकाको आग्रहमा तटबन्ध निर्माणमा जुटेको जनाएको छ । सेनाले विपत् व्यवस्थापन लगायतका कार्यमा निरन्तर खटिँदै आएको जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • # नेपाली सेना
  • # जैविक तटबन्ध
  • प्रतिक्रिया दिनुहोस