महेन्द्रनगर । काठमाडौँ उपत्याकामा एकैदिन २ हजार ३९७ जना सवारी चालकलाई कारवाहि गरिएको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सोमबार उपत्याकाका बिभिन्न स्थानहरुमा सवारी चचालकहरु लाई कारवाहि गरेको हो । कारवाही पर्नेहरुमा लेन अनुशासन पालना नगर्ने ११२ जना ,नम्बर प्लेट देखिनेगरि नराख्ने २६ जना, मादक पदार्थ सेवन गर्ने ९२ जना, र रेड लाईटमा सवारी साधन चलाउने ८३ जना सवारी चालक र यस्तै अन्य कारवाहीमा २ हजार ८४ जना सवारी चालकहरु रहेको प्रहरीले जनाएको छ ।
.gif)