शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कृष्णपुर नगरपालिकामा करारका कर्मचारीहरुलाई ऐनविपरीत ३ लाख भन्दा बढी रकम वितरण


पश्चिम प्रेस
मंगलबार, साउन १० २०७९
  • 767
    Shares

  • images
    images
    कृष्णपुर नगरपालिकामा करारका कर्मचारीहरुलाई ऐनविपरीत ३ लाख भन्दा बढी रकम वितरण

    महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले करारका कर्मचारीहरुलाई ऐनविपरीत ३ लाख भन्दा बढी रकम वितरण गरेको पाइएको छ । प्राविधिक तथा कार्यालय सहयोगी गरेर ३३ जना कर्मचारीहरुलाई राखेर ३ लाख १२ हजार रुपैँया ऐन विपरीत महंगी भत्ता भन्दै भुक्तानी गरिएको पाइएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७५ को दफा २४ मा खर्च गर्ने

    कार्यविधि र मापदण्डअनुसार कुनैपनि सार्वजनिक निकायले खर्चको लेख्दा खर्चको सीमाभित्र रहेर मात्र लेख्नुपर्ने व्यवस्था छ। स्वीकृत दरबन्दीको सीमाभित्र प्राविधिक कर्मचारीहरु मात्र करारमा राख्न पाउने व्यवस्था छ। स्विकृत दरबन्दी भित्रको करार कर्मचारीहरु भए नभएको एकिन समेत गर्न नसकिने अवस्थामा ऐनविपरित मंहगी भत्ताको नाममा उक्त रकम भुक्तानी गरिएको छ । 


  • सम्बन्धित विषय:

  • # कृष्णपुर नगरपालिका
  • प्रतिक्रिया दिनुहोस