बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

कञ्चनपुर भन्सार कार्यालयले सकेन लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न


पश्चिम प्रेस
मंगलबार, साउन १० २०७९
  • 479
    Shares

  • images
    images
    कञ्चनपुर भन्सार कार्यालयले सकेन लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न

    कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यभन्दा रु ६ करोड ५५ लाख कम राजस्व सङ्कलन गरेको छ । कार्यालयलले गत आवमा रु ५२ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य राखेपनि रु ४६ करोड २२ लाख सङ्कलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि करतर्फ सो अवधिमा रु १६ करोड ३३ लाख सङ्कलन गर्ने लक्ष्य लिएकामा रु १८ करोड ६३ लाख सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख धु्रवराज विश्वकर्माले जानकारी दिनुभयो ।

    यस्तै अन्तःशुल्कबापत् रु एक करोड २७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ९२ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ । यसैगरी आर्थिक वर्ष २०७७÷७८ मा रु ३५ करोड ६७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ३७ करोड ३९ लाख सङ्कलन भएको विश्वकर्माले बताउनुभयो । यस्तै कार्यालयले आव २०७६÷७७ मा रु ४८ करोड ६८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु २६ करोड २८ लाख मात्र सङ्कलन गरेको थियो । कोरोना सङ्क्रमणका लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस