शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भारतमा एकैदिन १४ हजार आठ सय ३० जनामा कोरोना पुष्टि


पश्चिम प्रेस
मंगलबार, साउन १० २०७९
  • 448
    Shares

  • images
    images
    भारतमा एकैदिन १४ हजार आठ सय ३० जनामा कोरोना पुष्टि

    नयाँदिल्ली, भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १४ हजार आठ सय ३० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । हिजो १६ हजार ८ सय ६६ जना सङ्क्रमित भएका थिए । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब चार करोड ३९ लाख पुगेको छ । हाल यहाँ एक लाख ४७ हजार पाँच सय १२ सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा १८ हजार एक सय ३९ सङ्क्रमणमुक्त भएका छन् ।

    योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ५० हजार पाँच भन्दा बढी पुगेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट पाँच लाख २७ हजार ८ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८६ करोड ९० लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।


  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # भारत
  • प्रतिक्रिया दिनुहोस