महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सिर्जना , कला , खोज र अनुसन्धानमा निपुण बालबालिकाहरुलाई प्रोत्साहन गर्न भनी सृजनशिल बाल प्रतिभा पुरस्कारमा कसैको आवेदन नपरेपछी मन्त्रालयले एक सुचना जारी गर्दै पुरस्कार दिन नसकिने जानकारी गराएको छ । मन्त्रालयले गत चैत्रमा नै गोरखापत्र सहित मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषदको वेबसाइटमा सुचना राखेको थियो । तर कुनैपनी आवेदन नपरेपछी मन्त्रालयले समयसिमा थप गरेको थियो । थप गरिएको समयमा समेत जम्मा ३ वटा आवेदन पर्यो , ती समेत छनौट समितीले पुरस्कृत गर्न उपयुक्त ठानेन ।
.gif)