महेन्द्रनगर । आज बिहान वरिष्ठ गायक हरिश्चन्द्र कडायतको निधन भएको छ । गत हप्ता मस्तिष्कघात भएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उपचारका क्रममा उनको निधन भएको जनाइएको छ । २०५० सालदेखि नै गायन क्षेत्रमा प्रवेश गरेका कडायतले एक सयभन्दा बढी देउडा गीतमा स्वर दिएका छन । गायक हरिश्चन्द्र कडायतले ‘लंकाभरि सुन छ’, ‘ल बिणी खान्या की’ लगायत सुदूरपश्चिम र कर्णालीमा चर्चित देउडा गीतमा आवाज दिएका थिए । कडायतका ३ छोरा‚ एक छोरी र श्रीमती छन् ।
.gif)