शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

वनमा बनाइएका घरटहरा हटाउन निर्देशन


पश्चिम प्रेस
बुधबार, साउन ११ २०७९
  • 408
    Shares

  • images
    images
    वनमा बनाइएका घरटहरा हटाउन निर्देशन

    डोटी, बोगटान फुडसिल गाउँपालिकाको वडा नं १ मा पर्ने राष्ट्रिय वन क्षेत्रमा बनाइएका घरटहरा हटाउन वन कार्यालयले निर्देशन दिएको छ । चनुडाँडा सव डिभिजन वन कार्यालयले आज एक सूचना जारी गर्दै सरकारी वन क्षेत्रमा बनाइएका घरटहरा हटाउन निर्देशन दिएको हो ।

    कार्यालयले वन अतिक्रमण गरी बनाइएका घरटहरा १५ दिनभित्र नहटाए सुरक्षाकर्मी लगाइ बलपूर्वक हटाइने जनाएको छ । घरटहरा हटाउन अटेरी गरे वन ऐन, २०७६ बमोजिम कारवाही गरिने चेतावनीसमेत वन कार्यालयले दिएको छ । जिल्लाका विभिन्न ठाउँमा सरकारी वन अतिक्रमण गरी अस्थायी तथा स्थायी घरटहरा निर्माण भइरहेका छन् । 


  • सम्बन्धित विषय:

  • # डोटी
  • प्रतिक्रिया दिनुहोस