महेन्द्रनगर । लागुऔषधी सहित कञ्चनपुरमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–११ का २३ वर्षीय राकेश रावल रहेको प्रहरीले जनाएको छ । बेलौरी नगरपालिका–६ मसानघाटबाट उनलाई ९ ग्राम ११ मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो । उनि सवार प्रदेश ०३–०२४ प ५१८७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागुऔषधी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
.gif)