शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भारतमा एकै दिन २० हजार भन्दा बढीमा कोरोना पुष्टि


पश्चिम प्रेस
शुक्रबार, साउन १३ २०७९
  • 436
    Shares

  • images
    images
    भारतमा एकै दिन २० हजार भन्दा बढीमा कोरोना पुष्टि

    नयाँदिल्ली, बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । यस समयमा २० हजार ४०९ थप व्यक्तिमा कोरोना देखिएपछि भारतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाखमा ७९ हजार सात सय ३० पुगेको छ । देशभर एक लाख ४३ हजार नौ सय ८८ सक्रिय सङ्क्रमित छन् । पछिल्लो एक दिनको अवधिमा १९ हजार दुई १६ सङ्क्रमणमुक्त भएका छन् ।

    योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७ पुगेको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो एकदिनमा ४७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार दुई सय ५८ जनाको मृत्यु भएको छ । डठद्ध महामारी शुरु भएयता ८७ करोड ४० लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ ।


  • सम्बन्धित विषय:

  • # कोरोना
  • # भारत
  • प्रतिक्रिया दिनुहोस