मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

‘पर्यटकलाई सम्मानजनक व्यवहार गर्नुपर्छ’


पश्चिम प्रेस
आइतबार, साउन १५ २०७९
  • 439
    Shares

  • images
    images
    ‘पर्यटकलाई सम्मानजनक व्यवहार गर्नुपर्छ’

    कैलाली, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले अतिथि सत्कारको सेवा सुधार नगरेसम्म प्रदेशको पर्यटन तथा होटल व्यवसाय फस्टाउन नसक्ने बताउनुभएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को आठौँ साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा उहाँले छिमेकी मुलुक भारत तथा अन्य देशबाट घुम्न आउने पर्यटकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने बताउनुभयो ।

    मन्त्री रावलले होटल व्यवसायी तथा अन्य नागरिकले पनि शिष्ट भएर विदेशी पर्यटक जस्तोसुकै अवस्थामा आए पनि स्वागत, सत्कार सभ्य ढङ्गले गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन तथा होटल व्यवसाय फस्टाओस् भन्ने हो भने यी कुारामा विशेष ध्यान दिन जरुरी छ ।”


  • सम्बन्धित विषय:

  • # ‘पर्यटक
  • प्रतिक्रिया दिनुहोस