शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भारतमा पछिल्लो २४ घण्टामा १९ हजार छ सय ७३ जनामा कोरोना सङ्क्रमण


पश्चिम प्रेस
आइतबार, साउन १५ २०७९
  • 389
    Shares

  • images
    images
    भारतमा पछिल्लो २४ घण्टामा १९ हजार छ सय ७३ जनामा कोरोना सङ्क्रमण

    रासस । बितेको  २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १९ हजार छ सय ७३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाखमा १९ हजार आठ सय ११ पुगेको छ । देशभर एक लाख ४३ हजार छ सय ७६ सक्रिय सङ्क्रमित छन् । यसैगरी १९ हजार तीन सय ३६ सङ्क्रमणमुक्त भएका छन् ।

    योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३३ लाख ४९ हजार सात सय ७८ पुगेको छ । कोरोना सङ्क्रमणबाट ४५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार तीन सय ५७ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८७ करोड ७५ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ ।


  • सम्बन्धित विषय:

  • # कोरोना सङ्क्रमण
  • प्रतिक्रिया दिनुहोस