शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

विद्युतिय दुर्घटनामा परी भारतमा दशको मृत्यु


पश्चिम प्रेस
सोमबार, साउन १६ २०७९
  • 564
    Shares

  • images
    images
    विद्युतिय दुर्घटनामा परी भारतमा दशको मृत्यु

    नयाँ दिल्ली ।  विद्युतिय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । देशको पश्चिम बङ्गालमा काम गरिरहेका बेला आइतबार बेलुका घटना भएको प्रहरीले सोमबार जानकारी दिएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतमा लापर्वाहीका कारण हरेक बर्ष विद्युतीय दुर्घटनामा परी सयौँको मृत्यु हुने गरेको छ ।


  • सम्बन्धित विषय:

  • # भारत
  • # विद्युतिय दुर्घटना
  • प्रतिक्रिया दिनुहोस