महेन्द्रनगर । बझाङमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । थलारा गाउँपालिका–१ मोतीपुरकी २० वर्षीया सिर्जना सुनार को धामीझाँक्रीको भरपर्दा मृत्यु भएको छ । गत बुधबारबाटै सामान्य सुत्केरी व्यथा लागेकी सुनारलाई शुक्रबार बिहान साढे ६ बजेतिर व्यथासँगै शरीर बाँगिने आँखा, अनुहार र हातगोडा बायाँतिर फर्किने र एकोहोरो श्वास चल्ने भएपछि परिवार सदस्यले उनलाई स्थानीय धामीकहाँ झारफुकका लागि लगेको र शनिवार सम्म झन बेहोस हुनथाले पछि उनलाई देउरा अस्पताल लगिएको थियो ।
देउरा प्राथमिक स्वास्थ्य केन्द्रले उनको अवस्था नाजुक भइसकेको छ भन्दै थप उपचारका लागी डडेलधुरा रेफर गरेको थियो। शनिबार दिउँसो डडेलधुरा अस्पतालमा पुर्याइएकी सुनारको ३ घण्टा नपुग्दै मृत्यु भएको जनाइएको छ । डडेलधुरा अस्पतालका चिकित्सकका अनुसार उनलाई उच्च रक्तचापका कारण हुने इक्लामसिया रोग भएको, र फोक्सोमा र्याल जम्नुका साथै रगतमा अत्यधिक संक्रमण भएको थियो ।
.gif)