शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भारतमा पछिल्लो २४ घण्टामा थप १३ हजार सात सय ३४ कोरोना सङ्क्रमित


पश्चिम प्रेस
मंगलबार, साउन १७ २०७९
  • 557
    Shares

  • images
    images
    भारतमा पछिल्लो २४ घण्टामा थप १३ हजार सात सय ३४ कोरोना सङ्क्रमित

    नयाँदिल्ली, बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १३ हजार सात सय ३४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ५० हजार नौ पुगेको छ । हिजो सोमबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा १६ हजार ४६४ जना सङ्क्रमित भएका थिए । देशभर एक लाख ३९ हजार सात सय ९२ सक्रिय सङ्क्रमित छन् ।

    यसैगरी १७ हजार आठ सय ९७ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३३ लाख ८३ हजार सात सय ८७ पुगेको छ । कोरोना सङ्क्रमणबाट ३४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार चार सय ३० जनाको मृत्यु भएको छ ।

    महामारी सुरु भएयता ८७ करोड ७५ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब चार करोड ६० लाख ८१ हजार ८१ मात्रा खोप लगाइएको छ ।


  • सम्बन्धित विषय:

  • # भारत
  • प्रतिक्रिया दिनुहोस