शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

लागुऔषधसहित २२ जना पक्राउ


पश्चिम प्रेस
बुधबार, साउन १८ २०७९
  • 603
    Shares

  • images
    images
    लागुऔषधसहित २२ जना पक्राउ

    काठमाडौँ प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले २०७८ असार ३२ देखि साउन १८ गते बुधबारसम्म १९ दिनमा चार महिलासहित १८ पुरुषलाई पक्राउ गरेको हो । प्रहरीले यही साउन ८ गते ताप्लेजुङ मेरिङदेन घर भई ललितपुर इमाडोल बस्ने ३३ वर्षीय तुलसा खड्कालाई पक्राउ ग¥यो । उनको साथबाट नाइट्राभेट ट्याब्लेट एक हजार २६० थान, प्रोक्सिभन क्याप्सुल १५० थान, ‘डायलेक्स डिसी’ छ बोलत र कोडिन जस्तो देखिने रातो रङको तरल पदार्थ तीन सय मिलिलिटर बरामद भयो ।

    खड्कालाई लागुऔषध उपलब्ध गराउने सर्लाही हरिवन घर भई गोकर्णेश्वर बेँसीगाउँ बस्ने ३५ वर्षीय बुद्ध बमजन र खड्कालाई लागुऔषध कारोबारमा सहयोग गर्ने सुनसरी बराह घर भई इमाडोल बस्ने २७ वर्षको युवराज खड्कालाई पनि प्रहरी पक्राउ गरेको छ । प्रहरीले लागुऔषधसहित पक्राउ परेकाको अनुसन्धानबाट सोही अवैध कारोबारमा सहयोग गर्ने र लागुऔषध उपलब्ध गराउनेसम्मलाई पक्राउ गरेको हो । त्यस्तै लागुऔषध नियन्त्रण ब्यूरोले यही साउन १३ गते ३८४ ग्राम हेरोइनसहित रामेछाप नगरपालिका–९ घर भई गोकर्णेश्वर बस्ने ४० वर्षीय जुनमाई मोक्तानलाई पक्राउ गरेको थियो ।

    उपत्यकाको ललितपुर, भक्तपुर र काठमाडौँका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न रहेका सबैलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकास खनालका अनुसार पक्राउ परेकाहरुको साथबाट ४५९ ग्राम हेरोइन, ‘डायलेक्स डिसी’ एक हजार १८० बोतल, नाइट्राभेट ट्याब्लेट एक हजार २६० थान र प्रोक्सिभन क्याप्सुल १५० थान बरामद गरिएको छ ।

    बरामद गरिएको लागुऔषधको कूल बजार मूल्य ५८ लाख १० हजार ८०० रहेको जानकारी प्रहरीले दिएको छ । यसरी अवैध लागुऔषधमा संलग्न हुने र पक्राउ पर्नेको सङ्ख्या बढ्दो देखिन्छ । यसअघि साउन १ गते चार किलो अवैध लागुऔषध हेरोइनसहित अफ्रिकी नागरिक ज्याक एन्टोन एन्गेलब्रेच र भारतका ३२ वर्षीया ज्योथाङ्ीलाई प्रहरीले तिलगङ्गाबाट पक्राउ गरेको थियो ।


  • सम्बन्धित विषय:

  • # काठमाडौँ
  • # लागुऔषधी–
  • प्रतिक्रिया दिनुहोस