शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बझाङमा दुई मतदानस्थल थप र चारको स्थान परिवर्तन गर्न सिफारिस


पश्चिम प्रेस
बिहीबार , साउन १९ २०७९
  • 490
    Shares

  • images
    images
    बझाङमा दुई मतदानस्थल थप र चारको स्थान परिवर्तन गर्न सिफारिस

    बझाङ । आगामी सङ्घीय तथा प्रदेश निर्वाचनका लागि बझाङमा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न सिफारिस गरेको हो । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा बसेको बैठकले छविसपाथिभेरा गाउँपालिका–५ को चन्द्रोदय माध्यमिक विद्यालय खतेडा र केदारस्युँ गाउँपालिका–४ को शिक्षोदय माध्यमिक विद्यालय बागथलामा केन्द्र थप गर्न सिफारिस गरेको हो । मतदानस्थल थप गर्न निवेदन आएपछि थपका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिनुभयो ।

    यसका लागि सिफारिस गरिएको मतदानस्थलसँगै जिल्लामा एक सय ३५ मतदानस्थल हुनेछन् । मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिले जिल्लाका चार मतदानस्थल मतदातालाई पायक नपर्ने ठाउँमा रहेका र मतदानस्थल भएका विद्यालयमा बाढीपहिराले क्षति पु¥याएपछि मतदानस्थल परिवर्तन गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    त्यसमा थलारा गाउँपालिका–६ मा रहेको त्रिभुवन आधारभूत विद्यालय पिखेतमा रहेको विद्यालयमा पहिराले क्षति पु¥याएपछि वडा कार्यालयमा, थलारा–८ को शैलेश्वरी आधारभूत विद्यालय देवस्थलीमा पनि पहिराले क्षति पु¥याएपछि वडा कार्यालयमा, साइपाल गाउँपालिका–५ धुली माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा नागरिकले पायक नपर्ने ठाउँमा बनाएको भनेपछि एराङपुरी डाँडामा रहेको सामुदायिक भवनमा र खप्तडछान्ना गाउँपालिका–१ जगदम्बा आधारभूत विद्यालयमा पहिराले क्षति गरेपछि विद्यालय भवन नै अन्यत्र सारेकाले मतदानस्थल पनि विद्यालय सरेको ठाउँ वयालपाटा भन्ने ठाउँमा सारेको बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # बझाङ
  • प्रतिक्रिया दिनुहोस