शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भारतमा थप १९ हजारभन्दा बढी कोरोना सङ्क्रमित


पश्चिम प्रेस
बिहीबार , साउन १९ २०७९
  • 463
    Shares

  • images
    images
    भारतमा  थप १९ हजारभन्दा बढी कोरोना सङ्क्रमित

    भारत ।  भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित भएका हुन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार सार्वजनिक गरिएको विवरणमा भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या १७ हजार १३५ रहेको थियो । भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा उतारचढाव भइरहेको छ ।

    भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३६ हजार ४७८ रहेको छ । मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा कोराना भाइरसका कारण अहिलेसम्म पाँच लाख २६ हजार ५३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ४१९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।


  • सम्बन्धित विषय:

  • # कोरोना सङ्क्रमित
  • # भारत
  • प्रतिक्रिया दिनुहोस