शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

१२ किलो लागुऔषधसहित बझाङमा एक जना पक्राउ


पश्चिम प्रेस
बिहीबार , साउन १९ २०७९
  • 501
    Shares

  • images
    images
    १२ किलो लागुऔषधसहित बझाङमा एक जना पक्राउ

    बझाङ। जिल्लास्थित वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत छन् । अस्थायी प्रहरी चौकी बागथलामा खटिएको नियमित जाँच टोलीले बुधबार उनलाई पक्राउ गरेको थियो । बझाङ सदरमुकाम चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०२००१ख १११९ नंको बसमा सवार उनलाई सो अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरीले जाँच गर्दा सो लागुऔषध खेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो ।

     


  • सम्बन्धित विषय:

  • # लागुऔषधी–
  • # बझाङ
  • प्रतिक्रिया दिनुहोस