धनगढी । कैलालीमा दुईजनाको शव झुन्डिएको अवस्थामा फेला परेको छ । गौरीगंगा वडा नम्बर ३ जुनेली शिविरकी १६ वर्षकी किशारी र सोही ठाउँका १९ वर्षे किशोर मृत फेला परेका हुन् । प्रहरीका अनुसार किशोरी मृत फेला परेको १५ मिनेटपछि २०० मिटर टाढा रुखमा झुन्डिएको अवस्थामा किशोरको शव फेला परेको हो । दुवैको मृत्यु बारे अनुसान्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
.gif)