महेन्द्रनगर । धनगढीको सेती प्रादेशक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ का ५० वर्षीय पुरुषको आज बिहान कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । अल्कोहोलिक हेपाटाईटिसका बिरामी रहेका उनलाई कोरोना टेष्ट गर्दा पोजेटिभ देखिएपछि बिहीबारदेखि अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो ।
.gif)