महेन्द्रनगर । पछिल्लो समयमा बैतडीमा भारत बाट आउनेहरु अधिकांशमा कोरोना संक्रमण देखिन थालिएको छ । भारतसंग सीमा जोडिएको झुलाघाट नाका भएर फर्कने अधिकांश नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ । झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरुको एन्टीजेन परीक्षण गर्ने गरिएको र परीक्षण गरिएका अधिकांशमा कोरोना पुष्टि हुने गरेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले बताउनु भएको छ । हाल बैतडीमा २६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
.gif)