बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको ६६ हजार जनसंख्या देशबाहिर


पश्चिम प्रेस
सोमबार, साउन २३ २०७९
  • 859
    Shares

  • images
    images
    कञ्चनपुरको ६६ हजार जनसंख्या देशबाहिर

    महेन्द्रनगर । राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार कञ्चनपुरको ६६ हजार जनसंख्या देशबाहिर छ । पुरुष ५० हजार ८६२ र महिला १५ हजार २१६ गरी ६६ हजार ७८ जना देश वाहिर रहेको तथ्याङ्कले देखाएको छ । यो संख्या जिल्लाको कुल जनसंख्या पाँच लाख १७ हजार ६४५ को ८ प्रतिशत हुन आउँछ ।
      जनगणना हुँदा कामको सिलसिलामा वा अध्ययनको सिलसिलामा देश वाहिर रहेका व्यक्तिहरुलाई अनुपस्थित जनसंख्यामा राख्ने गरिन्छ । २०७८ सालको जनगणना हुँदा कञ्चनपुरको ६६ हजार लगायत सुदूरपश्चिम प्रदेशमा पुरुष २ लाख ५३ हजार १६९ र महिला ९३ हजार ६६७ देश वाहिर रहेका छन ।  प्रारम्भिक तथ्याङ्क अनुसार कैलालीमा सबैभन्दा बढी एक लाख १० हजार ६५१ जना अनुपस्थित रहेका छन्। जिल्लामा अनुपस्थित महिलाको संख्या ३२ हजार ११५ रहेको छ। यो संख्या जिल्लाको कुल जनसंख्याको १२ प्रतिशत हुन आउँछ। यस जिल्लाको कुल जनसंख्या नौ लाख ११ हजार १५५ रहेको जनगणनाको प्रारम्भिक तथ्याङ्कले देखाउँछ।
    अछाममा ३० हजार ७६१ पुरुष र १३ हजार ८०४ महिला गरी ४५ हजार ५६५ जना अनुपस्थित रहेका छन्। जिल्लाको कुल जनसंख्या दुई लाख २९ हजार ८१६ रहेको छ। यस अनुसार जिल्लाको अनुपस्थित जनसंख्या कुल जनसंख्याको १९.३९ प्रतिशत रहेको छ।
     त्यसैगरी डोटी जिल्लाको कुल जनसंख्याको १४ प्रतिशत जनसंख्या देश वाहिर रहेका छन्।  बैतडीमा १८ हजार २६९ पुरुष र चार हजार ५२० महिला गरी २२ हजार ७८९ जनसंख्या देश वाहिर रहेको छ। यो संख्या बैतडीको कुल जनसंख्या २ लाख ४४ हजार ४०० को ९ प्रतिशत रहेको छ। दार्चुलामा ६ हजार दुई सय २३ पुरुष र एक हजार १५५ गरी सात हजार ३७८ जनसंख्या अनुस्थित छ। यो संख्या जिल्लाको कुल जनसंख्या एक लाख ३५ हजार ५६ को ५।४६ प्रतिशत हुन आउँछ।
    बझाङको कुल जनसंख्या एक लाख ८९ हजार ९७ मध्ये ३५ हजार ५५३ अर्थात् झण्डै १९ प्रतिशत जनसंख्या अनुस्थित रहेको प्रारम्भिक प्रतिवेदनले देखाउँछ। यस जिल्लामा पुरष २२ हजार २५० र महिला १३ हजार तीन सय तीन जना अनुस्थित रहेका छन्। बाजुरामा १० हजार ६ पुरुष र पाँच हजार ३४२ महिला गरी १५ हजार ३४८ जना अनुपस्थित छन्। यो संख्या यस जिल्लाको कुल जनसंख्या एक लाख ३८ हजार ९९८ को ११ प्रतिशत हुन आउँछ।


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • # जनसंख्या देशबाहिर
  • प्रतिक्रिया दिनुहोस