काठमाडौं । संघ र प्रदेश निर्वाचनको लागि सत्ता गठबन्धनकले बनाएको कार्यदलको पहिलो बैठकबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजकको जिम्मेवारी दिइएको छ। कार्यदलको सोमबार दिउँसो बसेको ११ सदस्यीय कार्यदलको बैठकले सिटौलालाई संयोजक चयन गर्दै सबै पार्टीमा छलफल गरेर आगामी बैठकमा आ-आफ्ना दाबी पेस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार सोमबारको बैठकले कार्यदलको संयोजक तोक्ने काम गरेको छ भने सिट बाँडफाँटको मोडालिटी केलाई बनाउने भन्ने विषयमा छलफल भएको हो।
.gif)