शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बाजुरामा एक हजार तीन सय मतदाता बढे


पश्चिम प्रेस
मंगलबार, साउन २४ २०७९
  • 431
    Shares

  • images
    images
    बाजुरामा एक हजार तीन सय मतदाता बढे

    बाजुरा । स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अन्र्तगत दुई महिनामा एक हजार तीन सय ७९ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । असारबाट सुरु भएको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सरकारले सङ्घ र प्रदेशको निर्वाचन गर्ने घोषणापछि साउन १९ गतेबाट मतदाता नामावली सङ्कलन रोकिएको छ ।

    साउन १९ सम्म जिल्लामा एक हजार तीन सय ७९ मतदाताले नामावली भरेको जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी विशाल पुडासैनीले बताउनुभएको छ । फोटोसहितको मतदाता नामावली जिल्ला बाहिरका १३ जनाले पनि बाजुराबाट नाम दर्ता गराएको सूचना अधिकारी पुडासैनीको भनाइ छ ।


    नयाँ थपिएसँगै जिल्लामा ८८ हजार दुई सय १४ मतदाता सङ्ख्या पुगेको छ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ८६ हजार आठ सय ३५ मतदाता रहेका थियो । 

    मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये केहीको उमेर नपुगेर घट्न सक्ने जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताउनुभएको छ । जिल्ला बाहिर दर्ता गराएको नामावली कार्यालयमा नआएको कारण एकिन तथ्याङ्क यही हो भन्न नसकिने जिल्ला निर्वाचन अधिकारी अवस्थीको भनाइ छ । गर्न मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा गरेकाले मतदान गर्न पाउने निर्वाचान आयोगले निर्णय गरेको छ ।


  • सम्बन्धित विषय:

  • # बाजुरा
  • # मतदाता
  • प्रतिक्रिया दिनुहोस