महेन्द्रनगर । नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न अध्ययन समितिले बनाउन लागिएको छ । काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन ।
नर्भिकलाई अतिक्रमण हटाउन २४ घन्टे अल्टिमेटम दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) मंगलबार नर्भिक अस्पतालमा पुगेका थिए । नर्भिकले आफूले कानून अनुसार जग्गा भाडामा लिएको बताएपछि महानगर र अस्पताल प्राविधिकसहितको समिति बनाउन सहमत भएका थिए ।
प्राविधिकसहितको समितिले प्रतिवेदन बुझाएपछि मात्र नियमानुसार भत्काइने भन्दै महानगरका मेयर बालेनसहितको टोली फर्किएको छ । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरको भनाइ छ ।
.gif)