शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता


पश्चिम प्रेस
मंगलबार, साउन २४ २०७९
  • 446
    Shares

  • images
    images
    अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता
    298536972_10216705612672809_213936693985523496_n.jpg

    जापान भ्रमणमा रहनुभएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कई बीच आज भेटवार्ता भएको छ । भेटमा लिवरल डेमोक्र्याटिक पार्टीका पूर्व महासचिव, पूर्व अर्थ, व्यापार तथा उद्योगमन्त्री एवं प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिमा सभापतिसमेत रहनुभएका तोसिहिरो र अन्य वरिष्ठ नेतालगायतको उपस्थिति थियो ।

    उक्त भेटवार्तामा नेपाल जापान सम्बन्धका विविध आयामका बारेमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहमा भ्रमणको आदानप्रदानदेखि स्थानीय सहर र नगरबीचको भगिनी सम्बन्धको विकास गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

    यस्तै, नेपालको कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्न अध्यक्ष दाहालले आग्रह गर्नुभएको थियो ।


  • सम्बन्धित विषय:

  • # काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस