शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भारतमा एकै दिनमा १६ हजारभन्दा बढी कोरोना सङ्क्रमित


पश्चिम प्रेस
बिहीबार , साउन २६ २०७९
  • 507
    Shares

  • images
    images
    भारतमा एकै दिनमा १६ हजारभन्दा बढी कोरोना सङ्क्रमित

    नयाँदिल्ली । भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार २९९ नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख छ हजार नौ सय ९६ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ ।

    भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजार ७६ रहेको छ । कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार आठ सय ७९ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १९ हजार चार सय ३१ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३५ लाख ३५ हजार छ सय १० भन्दा बढी कोरोनामुक्त भएका छन् ।

    नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब छ करोड ५८ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८७ करोड ९२ लाख ३३ हजार दुई सय ५१ जनाको कारोना भाइरस परीक्षण भएको जनाइएको छ ।


  • सम्बन्धित विषय:

  • # कोरोना सङ्क्रमित
  • प्रतिक्रिया दिनुहोस