सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

सङ्कलन र संरक्षणको अभावमा लोप हुँदै थारु समुदायका परम्परागत गीत


पश्चिम प्रेस
आइतबार, साउन २९ २०७९
  • 553
    Shares

  • images
    images
    सङ्कलन र संरक्षणको अभावमा  लोप हुँदै  थारु समुदायका परम्परागत गीत

    महेन्द्रनगर । सङ्कलन र संरक्षणको अभावमा यहाँका थारु समुदायका मौलिक परम्परा बोकेका गीत लोप हुने सङ्घारमा पुगेका छन् । चाडपर्व, बाली भित्र्याउने बेला र अन्य समयमा गाइने परम्परागत धमार, मैना, बडकिमार, सजना, मागर र वनगितवालगायतका गीत लोप हुने सङ्घारमा पुगेका हुन् । सुखदुःख, खुसियाली, प्रेम र विशेष अवसरमा गाइने यस्ता गीतको आफ्नै विशिष्ट स्थान रहे पनि आधुनिक युवाले पुराना संस्कृति बोकेका गीत विर्सदै जान थालेपछि थारु बुढापाका चिन्तित भएका छन् ।

    युवापिँढी पश्चिमा संस्कृतिको सिको गर्दै आधुनिकतामै हराउन थालेपछि पुराना गीत हराउन थालेको थारु भागीराम चौधरीले बताउनुभयो । सजना फागुनदेखि साउनसम्म, मैना कात्तिकमा धान काट्ने बेला, धमार ससुराल गएको बेला दुलहादुलहीले भाका हालेर गीत गाउने गरेको उहाँले बताउनुभयो ।

    आफनै मौलिकता बोकेका थारु समुदायका गीतको कागजी दस्तावेजसमेत नराखिँदा गीत सङ्कलन र संरक्षण हुन नसकेको थारु अगुवा धनबहादुर चौधरी बताउनुहुन्छ । उहाँका अनुसार समयसापेक्ष ढङ्गले परम्परागत गीतलाई ढाल्न नसकिँदा नै युवापिँढी अन्य समुदायको गीतसङ्गीतप्रति आकर्षित हुन थालेका हुन । हालसम्म आधादर्जन बढी परम्परागत थारु गीत लोप भइसकेको र त्यतिकै सङ्ख्यामा रहेका गीत लोप हुने सङ्घारमा पुगेका उहाँ बताउनुहुन्छ ।


  • सम्बन्धित विषय:

  • # थारु समुदाय
  • प्रतिक्रिया दिनुहोस