शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

नेपाली कांग्रेसको दुई दिने अभिमुखीकरण कार्यक्रम आजबाट


पश्चिम प्रेस
सोमबार, साउन ३० २०७९
  • 530
    Shares

  • images
    images
    नेपाली कांग्रेसको दुई दिने अभिमुखीकरण कार्यक्रम आजबाट

    काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन–२०७९ मा पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, पालिकाका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम गर्दैछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बधाई÷शुभकामना तथा अभिमुखिकरण कार्यक्रमको आज उद्घाट्न गर्र्नुहुनेछ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रम ललितपुरको हेरिटेज गार्डेनमा हुनेछ ।

    कार्यक्रममा कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख ३४, उपप्रमुख २३, नगर प्रमुख १४१, उपप्रमुख ११०, गाउँपालिका अध्यक्ष १८८, उपाध्यक्ष १९० लाई निमन्त्रणा गरिएको छ । यसबाहेक कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको पनि उपस्थिति रहने पार्टी कार्यलयले जनाएको छ ।

    कार्यक्रमको पहिलो दिन आज उद्घाटनपछि संविधान, स्थानीय तह, राजश्व, तीनै तहका सरकारको अन्तरसम्बन्धलगायत क्षेत्रका विज्ञ काशिराज दाहाल, जगदिश भट्टराई, डा विश्वनाथ पौडेल र सन्तोषमणि नेपालले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यसैगरी दास्रो दिन पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पार्टीका नेता एवं गृहमन्त्री बालकृष्ण खाण, प्रवक्ता डा प्रकाशशरण महतले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।


  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • प्रतिक्रिया दिनुहोस