शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भारतमा ७६ औँ राष्ट्रिय स्वतन्त्रता दिवस मनाइदै


पश्चिम प्रेस
सोमबार, साउन ३० २०७९
  • 404
    Shares

  • images
    images
    भारतमा  ७६ औँ राष्ट्रिय स्वतन्त्रता दिवस मनाइदै

    नयाँ दिल्ली, भारतमा सोमबार ७६ औँ राष्ट्रिय स्वतन्त्रता दिवस मनाइदैछ । तत्कालीन ब्रिटिस शासकहरूको उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा हरेक वर्षको अगस्ट १५ मा भारतमा राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिन्छ । स्वतन्त्रताका साढे सात दशक भारतका लागि सुखद र सन्तोषजनक नै रहेको धेरैले बताएका छन् । यस दिन प्रति भारतका सबैले गौरव गरेको पाइएको छ । स्वतन्त्रता दिवसका अवसरमा विश्वभर नै भारतीय नागरिकले विभिन्न गतिविधि गरेर उत्सव मनाउने गरेका छन् ।

    यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शुभकामना सन्देश पनि दिनुभएको छ । राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै भारत र भारतीय नागरिकलाई विश्वभर चिनाउने कार्यमा लाग्न उहाँहरूले सबैलाई अपिल गर्नु भएको छ । अन्य देशका शीर्ष नेता तथा अन्तर्राष्ट्रिय संघ संस्था र व्यक्तिहरूले समेत भारतको राष्ट्रिय एकता दिवसप्रति गौरव गर्दै थप प्रगतिको शुभकामना दिएका छन् । उनीहरूले भारतको भौतिक विकास, मानवीय विकास, नयाँ आविश्कार र शासन प्रणालीमा थप विकास तथा परिपक्वतामा जोड दिएका छन् ।

    यसअघि ७५ औ स्वतन्त्रता दिवसका अवसरमा भारतले वर्षभरी विषेश कार्यक्रमहरूको आयोजना गरेको थियो । बेलायती उपनिवेशबाट मुक्त भएपछि भारतमा लोकतन्त्रको तिव्र विकास भएकाले भारतको स्वतन्त्रता दिवसलाई विश्व राजनीतिमै महत्वका साथ हेर्ने गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # भारत
  • प्रतिक्रिया दिनुहोस