मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

आजको मौषम : तराईमा हल्का वर्षा पहाडी जिल्लामा हिमपात


पश्चिम प्रेस
बुधबार, पुस १४ २०७८
  • 599
    Shares

  • images
    images
    आजको मौषम : तराईमा हल्का वर्षा पहाडी जिल्लामा हिमपात

    महेन्द्य्रनगर । सुदूरपश्चिमका तराईका जिल्लामा हल्का वर्षा भएको छ भने पहाडी जिल्लाका विभिन्न स्थानमा बुधवार बिहानै देखि हिमपात सुरु भएको छ ।  डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो । 
    सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भिमदत्त राजमार्गको हगुल्टे, शाहुखर्क क्षेत्रमा राती देखि हिमपात सुरु भए पछि राजमार्ग अवरुद्ध भएको छ । सवारीका साधन राजमार्गमै रोकिएका कारण सवार यात्रुहरूलाई निकै समस्या भएको छ । अबरुद्ध सडक सुचारू गर्ने काम भइरहेको छ । चिसोबढेपछि जनजीवन प्रभावित बनेको छ ।


    प्रतिक्रिया दिनुहोस