शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

स्ट्यान्डर्ड नाप र तौल विधेयक बहुमतले पारित


पश्चिम प्रेस
मंगलबार, साउन ३१ २०७९
  • 507
    Shares

  • images
    images
    स्ट्यान्डर्ड नाप र तौल विधेयक बहुमतले पारित

    काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाको सन्देशसहितको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक’ २०७८ बहुमतले पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नापतौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको उक्त विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

    उक्त विद्येयकमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्री बडूले जवाफ दिनुभएको थियो । सांसद प्रेम सुवाल र घनश्याम खतिवडाले उक्त विधेयकमाथि प्रस्तुत गर्नुभएकोे संशोधन प्रस्ताव भने सदनमा बहुमतले अस्वीकृत गरेको थियो । 


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा
  • प्रतिक्रिया दिनुहोस